September 29, 2026

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

0

काठमाडौं,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।

उनले भाजपा मुख्यालयमै पुगेर भेटवार्ता गरेका हुन्। भेटका क्रममा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित थिए।

भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन्। आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ।

भ्रमणको क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *