September 26, 2026

चीनले गोरखाको नोम्यान्स ल्याण्डमा तारबार लगाएको छ

0

गोरखा,

गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ रुइला नाकामा चीनले एकतर्फी रुपमा १५० मिटर लामो तारबार लगाएको अन्नपूर्ण पोस्टले जनाएको छ ।

एपीले प्रकाशित गरेको प्रतिवेदनमा सीमामा संरचना निर्माण गर्दा पालना गर्नुपर्ने कुनै पनि मापदण्डको पालना नगरी तारबार निर्माण गरिएको उल्लेख छ ।

यसबारे न परराष्ट्र मन्त्रालय, न जिल्ला प्रशासन कार्यालयलाई जानकारी नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टले प्रशासनलाई यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *