September 18, 2026

जब ककनीमा एक पुरुष बिजुलीको तारमा केही घण्टादेखि यताउता गरिरहेका छन्…

0

काठमाडौं, 

 

फोटोः हरि गुरुवाचार्यको फेसबुकबाट

केही घण्टादेखि सामाजिक सञ्जालमा एउटा फोटो तथा भिडियो भाइरल भइरहेको छ। भिडियो र फोटोमा एक युवक बिजुलीको तारमा यताउता गरिरहेका छन्। २/३ घण्टादेखि उनलाई तारबाट झार्ने प्रयास भए पनि सफल नभएको प्रहरीले जानकारी दिएको छ।

‘केही घण्टा भइसकेको छ। हामीले त्यहाँबाट निकाल्न प्रयास गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने। तारमा हिँडिरहेका पुरुष बेलकोटगढी नगरपालिका १३ घले गाउँ बस्ने ४५ वर्षीय माइला विक भएको खुलेको छ। प्रहरीको जानकारी अनुसार उनी मानसिक रोगी भएको खुलेको हो।

नुवाकोटको कननी गाउँपालिका ७ मा रहेको बिजुलीको पोलमा उनी हिँडिरहेका हुन्। गाउँपालिका वडाध्यक्ष ७ का रामकृष्ण तामाङका अनुसार बिहान साढे ९ बजेबाट बिजुलीको तारमा चढेको जानकारी दिए।

‘हामीले सबै निकायमा खबर गरिसकेका छौँ। फकाएर तल झार्न खोजिरहेका छौँ। उसले मानिसलाई जथाभाबी बोल्न, तान्न जानेलाई खुट्टाले हान्ने जस्तो गरिहरेको छ,’ वडाध्यक्ष तामाङले भने।-पहिलोपोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *