सवारी दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, अध्यक्ष प्रधानसहित पाँच जना घाइते
बिर्तामोड।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको सूर्योदय नगरपालिकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड ३ निवासी ५७ वर्षिय इश्वरीप्रसाद खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जादै गर्दा सूर्योदय नगरपालिका ७ स्थित सुकेपोखरीनजिक बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी उपाध्यक्ष खरेलको मृत्यु भएको छ भने सहकारीका अध्यक्ष बिर्तामोड ३ निवासी ७० वर्षिय टीएस प्रधान , कोषाध्यक्ष बिर्तामोड ८ निवासी ४५ वर्षिय एकराज विष्ट , सहकारीका सदस्य बिर्तामोड ५ निवासी ५० वर्षिय गणेश पराजुली, कर्मचारीहरु बिर्तामोड ४ का ५३ वर्षिय सन्तोष श्रेष्ठ र बिर्तामोड ४ का ४५ वर्षिय डिल्ली बस्नेत घाइते भएका छन् ।
घाइतेमध्ये चालक गणेश पराजुलीको अवस्था सामान्य रहेको छ भने अन्यको अबस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेहरुको बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
