October 1, 2026

उद्यमी तुल्याउने ढाकातान कार्यक्रम निरन्तरताको लागि पूर्वनगर उपप्रमुख विष्टको अनुरोध

0

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे -१० मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ ।
नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित नगरस्तीय प्रगतिशिल ढाकातान समितिको आयोजनामा उक्त तालिम संचालन भएको थियो।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा पूर्वनगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु उद्यमी वन्ने ढाकातानको कार्यक्रमलाई नगरले निरन्तरता दिइरहन अनुरोध गर्नुभयो ।
१० नम्बर वडाध्यक्ष जीवन खतिवडाले महिलाहरुको सिप विकासका लागि आफ्नो नेतृत्वमा रहेको वडा कार्यालय प्रतिवद्ध रहने जनाउनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य मिनाकुमारी तामाङ र वडा सदस्य वीरबहादुर वस्नेतले पनि मन्तव्य व्यक्त राख्नु भयो भने सदस्यहरु मनकुमारी विश्वकर्मा र दिलबहादुर कार्कीको पनि उपस्थिती थियो । समिति अध्यक्ष मिनाक्षी तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो। उक्त तालिम संचालनका लागि नगरपालिकाबाट २ लाख ९० हजार रुपैयाँ विनियोजन भएको थियो । जसबाट ८ वटा सिलाई मेसिन समेत खरिद गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *