October 1, 2026

झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ

0

झापा,

झापामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका–११ निवासी २८ वर्षीय विपिन राईलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *