September 29, 2026

कमलमा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ, पूर्वजनप्रतिनिधिहरुको बिदाई

0

उमानाथ भण्डारी,
कमल ।

बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचन बाट निर्वाचित झापाको कमल गाउँपालिकाका नव निर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पदतथा गोपनियताको सपथ ग्रहण तथा स्वागत गर्नुका साथै पुर्व जनप्रतिनिधिहरको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सपथ गराउनु भएको थियो । सपथ ग्रहण लगत्तै उपाध्यक्ष प्रमिला न्यौपानेले पदभार ग्रणण गर्नु भएको थियो । पदभार ग्रहण पछि उपाध्यक्ष न्यौपानेले कमल गाउँपालिका क्षेत्र भित्र रहेका सस्थागत तथा सामुदायिक विद्ययालयमा कक्षा ९ र १० मा अध्यायनरत किशोर किशोरीलाइ बालविवाह नियन्त्रण तथा महिला हिंसा नियन्त्रण सम्बन्त्रि सचेतनामुलब कार्यक्रम सञ्चालन गर्ने निर्णणलाई सदर गरिएको बताउनु भयो ।

त्यस्तै कमल गाउँपालिकामा हाल विध्यमान रहेको करका दर तथा दायराका सम्बन्धमा पुनरावलोकन गरी प्रगतिशीलकार प्रणलीको सिद्धान्त बमोजिम करको दर तथा दायरालाई परिमार्जन गर्दै गाउँपालिकाको कर प्रणलीलाई बैज्ञानिक, व्यवस्थित करदातामैत्री,सामाजिक तथा व्यवहारिक बनाउने निर्णय समेत न्यौपानेले सदर गर्नुभयो ।

मुलुकमा संघियता पछिको हामि पहिलो निर्वाचित जनप्रतिनिधी थियौं, स्थानिय सरकार कसरी संचालन गर्ने हो हामि संग कुनै अनुभव थिएन । न हामि संग कुनै कानुन नै थियो । सिंहदरवारको अधिकार गाउँमा आयो भनेको छ । हामि संग त्यो अधिकार जनता सम्म पुर्यउनका लागी वडा कार्यलय थिएन् अहिले त संरचना बनेको छ , कानुन निर्माण भएको छ । मेरो टिमले जग खनेको छ अव गारो लगाउने काम नव निर्वाचित अध्यक्ष लागात सम्पुर्ण जनप्रतिनिधीको भएको कमल गाउँपालिकाका पुर्व अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

नव निर्वाचित जनप्रतिनिधीलाई यो कामगर्ने सुनौलो अवसर छ । तपाईहरु जनताको जनअभिमत दिएर आउनु भएको छ । अव तुरुन्तै आगामी वर्षकालागी बजेट तर्जुमा गनुृपर्ने छ । सम्मृद्ध कमल हाम्रो सरोकार बनाउने जिम्मा तपाईरको रहेको र यसलाई साथ दिन कर्मचारी जहिलेपनि तयार रहेको कमल गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत काजिमान राईले बताउनु भयो ।

हिजो निर्वाचनका समयमा हामी सबै आ आफ्नो दलको चुनाव चिन्न लिएर निर्वाचनमा होमिएका थियौं । अहिले निर्वाचित भएपछि हामी कमल बासिको साझा नेता भएका छौ ।म र मेरो टिमले जनतामाथी शासक भएर होईन नोकर भएर काम गर्नुका साथै नागरकिलाई सुचनाको हक बाट कहिलै बन्चित नगरिने कमल गाउँपालिकाका नव निर्वाचित हुकुमसिंह राईले बताउनुभयो ।

कमल गाउँपालिको समृद्धिकोलागी हामिले धेरै काम गरेको छौ । हामीले गरेका काम प्रती पुर्ण सन्तुष्टि छौ । कमल वासी जनताको भावना अनुरुप कामगर्न सफल भएका छौ । तर छोटो अवधि र कोभिड १९ का कारण कतिपय कामगर्न सकिएन अब त्यो पुरागर्ने दाईत्व नव निर्वाचित जन प्रतिनिधीको भएको कमल गाउाँपलिकाका पूर्व उपाध्यक्ष बेनु शिवाकोटीले बनाउनुभयो ।

सात वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यले आ आफ्नो वडामा पुगेर पदभार ग्रहण गर्नु भएको छ । गाउँपालिकाको ७ वटा वडा मध्ये वडा नम्वर १ ,६ र ७ नम्वर वडाका वडा अध्यक्ष दोहोरिएर आउनु भएको छ भने वडा नम्वर २,३,४र ५ नम्वर वडा का वडा अध्यक्ष नयाँ अनुहार आउनु भएको हो । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *