September 29, 2026

वीरता जेसीजद्वारा प्रसाईंलाई सम्मान

0

बिर्तामोड ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहाको निर्वाचनबाट झापाको बिर्तामोड नगरपालिकाका–५ को वडाध्यक्षमा निर्वाचित भएको भन्दै रोहित प्रसाईंलाई वीरता जेसीजले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

वीरता जेसीजका सदस्य समेत रहेका नवनिर्वाचित वडाध्यक्ष प्रसाईलाई सम्मान गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष मिजास पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष प्रसाईले नागरिकको सेवामा सदैव लाग्ने बताए । उनले वीरता जेसीजले दिएका ज्ञान र सीपलाई आफ्नो राजनीतिक क्षेत्रमा समेत उपयोग गर्ने भन्दै यो सम्मानले अझ जिम्मेवारी थपेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले जेसीजमा आवद्ध प्रसाईलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यो जित समग्र जेसीज प्रेमीहरुको बताएको उल्लेख गरे । उनले समाज निर्माणका लागि युवा शक्ति एक हुनुपर्ने भन्दै समग्र विर्तामोडको विकास र समृद्धिमा उदाहरणीय काम गरेर उत्कृष्ट बन्न शुभकामना दिए ।

वीरता जेसीजको सचिवालयमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष युवराज कुँवरले स्वागत गरेका थिए । कार्यक्रममाथि कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले प्रकाश परेका थिए भने सञ्चालन महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *