September 25, 2026

पलान्चोक भगवती मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न

0

बिराटनगर।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान कार्यालयको परिसरमा सम्पन्न एक बिशेष कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक बिसीले धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धि भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाए।

उनले नागरिकको सहयोगबिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई धन्यवाद दिदैं कदर पत्रले सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *