September 23, 2026

बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले अस्वीकार गरिन् बिहे

0

काठमाण्डौं ।

भारतको उत्तर प्रदेशमा बेहुलाको टाउकोमा कपाल नभएको भन्दै एक बेहुलीले मण्डपबाटै विवाह छाडेकी छिन्।

उत्तर प्रदेशको उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन्। मण्डपको कार्य गर्नुभन्दा अगाडि बेहुला बेहोस भएर लडेका थिए। सो क्रममा उनको टोपी झरेको थियो। यससँगै त्यहाँ उपस्थित सबैले बेहुलाको टाउकोमा कपाल नभएको देखेका थिए।

त्यसपछि विवाह गर्न अस्वीकार गरेकी बेहुलीलाई अन्य मानिसहरुले सम्झाउने प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन। बेहुली पक्षले विवाह तय हुनुभन्दा पहिला नै बेहुलाको टाउकोमा कपाल नभएको कुरा लुकाइएको आरोप लगाएको छ।

यो मुद्दा स्थानीय प्रहरीकोमा पनि पुगेको थियो। तर, त्यहाँ पनि बेहुलीले आफ्नो अडान छाडिनन् र विवाह गर्न अस्वीकार गरिन्। अन्ततः गाउँ पञ्चायतको बैठकमा यो कुरा पुगेको थियो। जहाँ बेहुली पक्षले विवाहमा ५ लाख ६६ हजार खर्च भएको बताएका थिए।

बेहुला पक्षले बेहुली पक्षको माग स्वीकार गर्दै सबै पैसा फिर्ता गरेको थियो। त्यसपछि बेहुला बेहुली बिना नै कानपुर फर्किएका थिए। बेहुलीका काकाले बेहुला पक्षले यसअघि नै बेहुलाको टाउकोमा कपाल नभएको विषयमा जानकारी दिएको भए यो घटना नहुने बताए। सुरुवात नै झूटबाट भएकाले यो सम्बन्ध अघि नबढाउने निष्कर्षमा पुगेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *