September 27, 2026

विद्यालयको स्तरोन्नतिसंगै बृद्धवृद्धा र विद्यार्थीलाई सम्मान

0

बिर्तामोड,  अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्नो जन्मस्थलमा पुगेर जन्मोत्सव मनाएका छन् ।
ताप्लेजुङस्थित श्रीजंघा गाउँपालिका–२ मा रहेको भगवती आधारभूत विद्यालय पुगेर उनले जन्मोत्सव मनाएका हुन् । आफू अध्ययनरत् विद्यालयमा पुगेका उनले जन्मोत्सव मनाउन गरिने फजुल खर्चलाई विद्यालयको स्तरोन्नतिका लागि भौतिक संरचना निर्माणमा सहयोग पु¥याउँदै जन्मोत्सव मनाएका हुन् ।

नव निर्बाचित गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानको प्रमुख आतिथ्यका बीच बिर्तामोडका व्यवसायी भट्टराईले त्यस क्षेत्रका ७५ जना ज्येष्ठ वृद्धवद्धालाई नगदसहित सम्मान गरेका थिए भने विद्यालयमा अध्ययनरत् ६५ जना विद्यार्थीलाई कापी–कलम र ब्याग प्रदान गर्दै जन्मोत्सव मनाएका हुन् ।

विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कापी कलम प्रदान गरेका भट्टराईले विद्यालयको भौतिक संरचना जीर्ण भएकाले मर्मतका लागि नगद र जिन्सी सहयोग समेत गरेका थिए ।
जन्मोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चर्तुमान राई, व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले भट्टराईले गरेको कामको प्रसंसा मात्रै गरेनन् अरुलाई समेत जन्मोत्सव, विवाहउत्सव जस्ता कार्यक्रममा गरिने खर्च सामाजिक काममा लगाउन सकिने भन्दै आफूहरुले नयाँको ज्ञान भएको बताए ।

भट्टराई पत्नी सुमित्रा बस्नेत भट्टराईसहित जन्मोत्सव मनाउन ताप्लेजुङ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *