September 24, 2026

महिन्द्राको नयाँ ट्याक्टर लञ्च

0

झापा।

महिन्द्रा कम्पनीले ट्याक्टरको नयाँ मोडल बिर्तामोडको सकुशल ट्रेड लिंकबाट लञ्च गरेको छ । कम्पनीले नयाँ सिरिजको एसपी प्लस मोडल शनिबार नेपालमै पहिलो पटक बिर्तामोडमा सार्वजनिक गरेको हो ।

महिन्द्राले ३९,४२,४७ र ५० हर्स पावर गरि चार मोडलमा ट्याक्टरको पछिल्लो सिरिज उत्पादन गरेको कम्पनीका नेपालका लागि कन्ट्री हेड मनोज डल्भीले जानकारी दिए । उनका अनुसार एसपी प्लस मोडलमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएकाले माइलेज र पावरमा अरु मोडेलभन्दा बढी रहेको छ ।

कम्पनीले यो उत्पादनमा ६ बर्षको वारेण्टी दिइएको डल्भीले जानकारी दिए । महिन्द्राको यो उत्पादन कृषि र ढुवानी दुवै कार्यमा प्रयोग गर्न सकिने महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटका प्रदेश १ प्रमुख प्रबासमान शाक्यले बताए ।

सन १९४५ मा भारतमा स्थापना गरिएको महिन्द्रा ग्रुपले विश्वको ५० बढी देशमा ट्याक्टर बिक्री गर्दै आएको बताइएको छ । महिन्द्राले नेपालमा बार्षिक ३ हजार बढी ट्याक्टर बिक्री गर्दै आएको कन्ट्री हेड डल्भीले बताए ।

एसपी प्लस सार्वजनिक कार्यक्रममा अग्नि ग्रुपका सेल्स डाइरेक्टर बर्दान बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, शकुसल ट्रेडलिंकका प्रोपाइटर टुकेन्द्रराज अधिकारी, कम्पनीका प्रदेश प्रमुख प्रबासमान शाक्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *