June 19, 2026

मोविलका विषयमा प्रशिक्षण

0

purwanchal
चारपाने, कात्तिक १ । झापाको चारपानेमा शुक्रबार इञ्जिनमा प्रयोग हुने भल्भोलिन तेल ९मोविल० का विषयमा वर्कशपका प्राविधिकहरुलाई जानकारी गराउनुका साथै आवश्यक प्रशिक्षण दिइएको छ ।
झापाका विभिन्न ग्यारेजका ५० भन्दा वढीको सहभागिता रहेको प्रशिक्षणमा भल्भोलिन कमिन्स लिमिटेडका इञ्जिनियर राजीव रञ्जन, भल्भोलिन इञ्जिन तेलको नेपालका लागि वितरक ओमनी इन्टरनेशनलका मेनेजर इन्द्रकान्तकुमार दास, कम्पनीका पूर्वाञ्चल बजार प्रतिनिधि सतनाम यादवले प्रशिक्षण दिएका थिए ।
इञ्जिनमा प्रयोग गरिने अन्य मोविल भन्दा भल्भोलिन लाभदायक रहेको भल्भोलिन इञ्जिन मोविलका मेची अञ्चल वितरक इजी सोलुसनका सञ्चालक तेजप्रसाद भण्डारीले जानकारी दिए । विगत केही वर्षदेखि भण्डारीले सञ्चालन गरेको इजी सोलुसनले भल्भोलिन इञ्जिन मोविलको विक्री वितरण गर्दै आइरहेको छ । अमेरिकन प्रविधिबाट उत्पादित उक्त मोविल डिजेल तथा पेट्रोलका सबै खाले गाडीका इञ्जिनमा लाग्ने बताइएको छ । हाल एक सय २० वटा राष्ट्रमा उक्त मोविलको विक्री वितरण हुँदै आइरहेको छ । उक्त मोविल प्रयोग गर्दा इञ्जिनको आयु वृद्धि हुने, इञ्जिनमा कहिले पनि खिया नलाग्ने जनाइएको छ । अन्य मोविल भन्दा भल्भोलिन मोविलको शुद्धिकरण र गुणस्तरीयता उच्च रहेको इजी सोलुसनका सञ्चालक भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *