September 28, 2026

कमल गाउँपालिकाको निर्वाचन कार्यालयमा लगाईएको ताला खोलियो

0

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकाको निर्वाचन कार्यालयमा लगाईएको ताला आज बसेको सर्वदलिय सहमतिमा खोलिएको छ ।

मतगणनाका विषयमा विवाद भएपछि अर्को सहमति नभए सम्मकालागी निर्वाचन कार्यालय र दलिय सहमतीमा जेठ २ गते राती ११ बजे बाट निर्वाचन कार्यालयमा ताला लगाईएको थियो ।

निर्वाचन कार्यालयमा लगाएको ताला खोली रोकिएको मत गणनालाई पुन सुरुगर्ने विषयमा आज गाउँपालिका स्थित निर्वाचन कार्यलयमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने सहित निर्वाचन कार्यालयका कर्मचारी र कमल गाउँपालिकामा रहेका राजनितिक दलका प्रमुख सहति बसेको सर्बदलिय सहमतीमा ताला खोलिएको हो ।

बैठकले यसअघि मतपरिणाम घोषण भै सकेका कमल गाउँपालिका का वडा नम्वर १,२ र ३ को उमेद्घारले प्राप्त गरेको मत गणना फेरी रुजु गर्ने र स्थगित गरिएको वडा नम्वर ४ को शुरुदेखी मत गणना गर्ने निर्वाचन कार्यालय र दलिय सममति भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *