September 26, 2026

रोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका सुवास तामाङ विजयी, उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल

0

गणेश अर्याल, इलाम ।

इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल बिजयी भएका छन् ।

सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ ।मत ल्याउदा निकटतम प्रतिद्धन्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् ।

६ वटा वडा रहेको रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली काग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् । वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ४ र ६ एमालेले जितेको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार ले बिजयी हात पारेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *