September 24, 2026

बिर्तामोड–२ मा एमालेको प्यानल नै निर्वाचित

0

बिर्तामोड ।

बिर्तामोड नगरपालिका–२ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

वडा नं–२ को अध्यक्षमा किशोर पौडेल निर्वाचित भएका हुन् । त्यस्तै महिला सदस्यमा तिला गौतम, दलित महिला सदस्यमा शर्मिला त्रिखत्री र दुई खुल्ला सदसस्यमा ओमनाथ गौतम र चेतन विमली निर्वाचित भएका छन् ।

वडाध्यक्ष पौडेलले गठबन्धनका धर्म लक्सम्बालाई पराजित गरेका हुन् । निर्वाचित पौडेलले २०२१ मत प्राप्त गरे भने गठबनधनका उम्मेद्वारले १२३० र राप्रपाका उम्मेद्वारले १३६२ मत प्राप्त गरेका थिए । बिर्तामोड–१ मा पनि एमालेको प्यानल नै विजयी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *