June 19, 2026

श्रोत व्यक्ति ढुङ्गानाको विदाई

0

purwanchal
विर्तामोड,असोज ३१ । शनिश्चरेमा आयोजित एक कार्यक्रममा उमेर हदका कारण सेवा निवृत्त भएका शनिश्चरे श्रोत केन्द्रका श्रोत व्यक्ति सूर्यप्रसाद ढुङ्गानालाई विहीवार आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
शनिश्चरे उच्च माविका प्राचार्य भैरव पौड्यालको अध्यक्षता  तथा शनिश्चरे उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित ढुङ्गानालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नवआगन्तुक श्रोत व्यक्ति सूर्यप्रसाद सापकोटालाई स्वागत गरिएको कार्यक्रममा अथितिहरु भक्त खवास, सरस्वती सिटौला, बीरेन्द्र गुप्ता, आचार्य पुष्पलाल निरौला, खड्कबहादुर तामाङ, इन्द्र उप्रेती, श्याम शर्मा, रुपक खनाल लगायतले मन्तव्य राख्दै विदाई गरिएका श्रोत व्यक्ति ढुङ्गानाको सहयोगी  र मिलनसारिताको चर्चा गर्दै गरेका थिए ।
विदाई समारोहका संयोजक बच्चेलाल चौधरीले स्वागत गर्नुभएको कार्यक्रमो सञ्चाालन रामकुमार अछामेले गरेको  शिक्षक चेतामणि खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *