April 30, 2026

माईमा ४ मेयर सहित ४५ ले गरे उमेरद्धारी फिर्ता

0

विमल दहाल,

माई आगामी बैशख ३० गते हुन लागेको स्थानीय तह निर्बाचनका लागि इलामको माई नगरपालिकामा ४ जना मेयर पद सहित ४५ जनाले उमेरद्धारी फिर्ता लिएका छन । शुक्रबार भएको उमेरद्धारी फिर्ता कार्यक्रममा मेयरका ४ जना, वडाध्यक्षका १५ जना, महिला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र वडा सदस्य १३ जनाले उमेरद्धारी फिर्ता गरेका छन ।

उमेरद्धारी फिर्ता गर्नेहरुमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका अनिल कुमार तामाङ, जनता समाजवादी पार्टीका टुपेन्द्र कुमार एक्तेन, स्वतन्त्र उमेरद्धारी दिएका भक्त वहादुर लुङ्गेली, गंगाराम काफ्ले (अर्जुन) ले उमेरद्धारी फिर्ता गराएका छन । लुङ्गेली नेकपा माओबादीमा मेयरका आंकाक्षी हुनुहुन्थियो भने काफ्ले नेपाली काग्रेसका माई नगर कमिटी सचिव हुनुहुन्थियो । गठबन्धन दलहरु बीच सहमति बन्न नसक्दा साँझ ७ बजे सम्म उमेरद्धारी फिर्ता लम्बिएको थियो । यता माई वडा नम्बर–२ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरि प्रसाद चम्लागाँई र स्वतन्त्र बुद्धिमान लिम्बुले फिर्ता गरेका छन । माई–३ बाट नेकपा माओवादी केन्द्रका तेजबहादुर घिमिरे र स्वतन्त्र शेर बहादुर लिम्बुले फिर्ता लिएका छन । लिम्बु २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट निर्बाचित सोही वडाका वडा अध्यक्ष हुनुहुन्थियो । माई–४ बाट भुपाल वहादुर सिंजालीले समेत फिर्ता लिनुभएको छ ।

सिंजाली एमालेकाबाट वडा अध्यक्षको आंकाक्षी हुनुहुन्थियो । माई–५ बाट नेकपा माओवादी केन्द्रका यदुनाथ दुलाल, जनता सामाजवादीका शुकराज राई र स्वतन्त्र केशर बहादुर राईले उमेरद्धारी फिर्ता लिनुभएको छ । राई एमाले नेकपा एमालेबाट निर्बाचित निबर्तमान वडा सदस्य समेत हुनुहुन्छ । माई–६ बाट नेकपा माओवादी केन्द्रका चक्रबहादुर कटुवाले, माई बाट–८ नेकपा माओवादी केन्द्रका मदनकुमार लिम्बु लोक्तामले उिमेरद्धारी फिर्ता गर्नुभएको छ । लोक्तामले समयमा फिर्ता गर्न नमाने पछी माओबादीले प्रदेश कमिटीको सिफरिसमा उनको नाम हटाउन लगाएको थियो । जुन कार्यालयले उमेरद्धार बनाउन सिफरिस गरेको छ सोही कार्यालयले उमेरद्धारी फिर्ता गर्न पाउने अधिकार रहेको निर्बाचन अधिकृतको कार्यालय माईका प्रमुख फणिन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै माई–९ बाट नेकपा माओवादी केन्द्रका सोमनाथ घिमिरे, जनाता समाजवादी पाटीका दुर्गादेबी लिम्बु र स्वतन्त्र जीत बहादुर लावतीले फिर्ता गर्नुभएको छ भने माई–१० बाट नेकपा माओवादी केन्द्रका कमल बहादुर राई र स्वतन्त्र मन बहादुर बस्नेतले फिर्ता गर्नुभएको छ । बस्नेत २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट निर्बाचित सोही वडाका वडा अध्यक्ष पनि हुनुहुन्छ । वहाँले कांगेसले बिधि र पद्धतीलाई पालना गर्न नसकेको भन्दै सकृय सदस्यता समेत त्यागेको घोषणा गर्नुभएको थियो । त्यस्तै उमेरद्धारी फिर्ता गर्ने सदस्यहरुमा माई–२ बाट आईतमाया बिश्वकर्मा (नेका), तुलसा बास्तोला गौतम (माओबादी), काली बहादुर लिम्बु (माओबादी), राम बहादुर थापा (माओबादी) रहेका छन ।

माई–३ बाट मिना देबी दमाई (नेका), शर्मिला केरुङ (माओबादी), इश्वरीमाया राई (नेका) र सोमबहादुर बस्नेत (माओबादी) रहेका छन । माई–५ बाट सितादेबी दमाई (नेका), सोफिया लिम्बु (स्वतन्त्र), सिताकुमारी राई (नेका), उमा चेम्जोङ (माओबादी), हस्तदाश राई (नेका), दिल बहादुर मगर (जसपा), जसबहादुर लिम्बु (माओबादी) र प्रकाश तामाङ (माओबादी) रहेका छन । माई–८ बाट प्रचना परियार र महेन्द्र थापा(नेका) रहेका छन । माई–९ बाट राम कुमारी बिश्वकर्मा ( माओबादी), बिल्लीमाया तामाङ (माओबादी), केशर सिंह तामाङ (नेका) र तिर्थबहादुर लिम्बु साउदेन(नेका) रहेका छन । माई–१० बाट तिर्थकुमारी सार्की (नेका), अम्विका बानिया(माओबादी), भिमबहादुर राई(नेका) र गिताकुमार ढकाल (माओबादी) रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *