April 30, 2026

विद्यालयलाई सुरक्षा सामग्री हस्तान्तरण

0

कमल ।

कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । कमल गाउँपालिकास्थित विपद्को जोखिममा परेका विद्यालयलाई विद्यालय सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

कारितास नेपालको विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत गाउँपालिकाभित्र जोखिममा परेका सात वटा सामुदायिक विद्यालयलाई विद्यालय सुरक्षा सामग्री हस्तान्तरण गरिएको र यस्ता सामग्रीले विपद्का समयमा विद्यालयलाई सहयोग पुग्ने कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेलले बताए ।

गाउँपालिकाभित्र जोखिममा रहेका विद्यालय अन्तर्गत वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र नवदुर्गे आधारभूत विद्यालय, वडा नम्वर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय, वडा नम्वर ७ स्थित सरस्वती माध्यमिक विद्यालय र अरनिको आधारभूत विद्यालयलाई सुरक्षा सामग्री प्रदान गरिएको हो ।

सुरक्षा सामग्री अन्तर्गत प्रत्येक विद्यालयलाई अग्नि निरोधक दुई थान, बाल्टी दुई थान, बञ्चरो दुई थान, स्ट्रेचर दुई थान, हेण्ड माइक दुई थान, डोरी चार केजी, बेल्चा दुई थान, सिटी दुई थान, छुरी दुई थान गौंती दुई थान, आरा दुई थान, विपद ज्ञानमाला एक सेट, व्याङ्गकेट दुई थान, त्रिपाल दुई जना र डष्टविन एक थान हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामग्री तीन लाख ७५ हजार मूल्य बराबरको रहेको कारितास नेपालले जनाएको छ ।

कारितास नेपालको कार्यक्रमामा जोडिन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु । कारितास नेपालले विद्यालयमा धेरै परिवर्तन ल्याएको छ । विद्यार्र्थीले आफूलाई लागेको कुरा ढुक्कसँग राख्न सक्ने भएका छन् । यस्ता सामग्रीले विद्यालयलाई विपद्का समयमा ठूलो सहयोग पुग्ने नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले बताए ।

हामी निर्वाचित भएर आउनु बित्तिकै कमल र रतुवा खोलामा आएको बढीले धेरै वितण्डा मच्चाएको थियो । त्यो बेलादेखि नै कारितास नेपालसँग जोडिएर काम गर्ने अवसर प्राप्त भयो । कारितास नेपालले कार्यक्रम गर्दा गाउँपालिकासँग समन्वय गरेर गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, युवा र कृषिका क्षेत्रमा धेरैका भएका छन् ।

हरेका कार्यक्रम लक्षित वर्गसम्म पुग्ने भएकोले पनि कारितास नेपालले गरेका हरेक कार्यक्रम प्रभावकारी भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । यसअघि पनि कारितास नेपालले कमल गाउँपालिकामा थुप्रै कार्यक्रम गरेको छ । जस अन्तर्गत शैक्षिक सुधार, कोभिड–१९ समयमा गरेको राहत वितरण, बाढीका समयमा र उद्धार राहत वितरण, युवालाई नमूना सांसद अभ्यास लगायतका कार्यक्रम गरेको छ ।

कार्यक्रममा सामग्री पाउने विद्यालय व्यवस्थापन समितिीका अध्यक्ष तथा प्रधानाध्यापक, शिक्षक, कमल गाउँपालिकाका विपद् व्यवस्थपन समितिका फोकल पर्सन ईन्द्र अर्याल, शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने लगायतको सहभागिता रहेको थियो । कारितास नेपालका कार्यकारी निर्देशक फादर ललित टुडूको अध्यक्षतामा भएको कार्यक्रममा कारितास नेपालका सिनियर सामाजिक परिचालक गोन्दिराज कट्टेलले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *