April 30, 2026

“चिनियाँ नितिका कारण नेपाली विद्यार्थी मारमा”

0

काडमाण्डौं ।

चीनमा सन २०१९ मा देखा परेको कोरोना महामारीको कारण बिचमानै पढाइ छाडेर नेपाल फर्किएका करिब एक हजार विद्यार्थी हरुको भबिस्य अन्योलमा परेको छ।

आधा कोर्स पूरा गर्दा गर्दै कोरोना महामारिको कारण नेपाल फर्किएका विद्यार्थी हरुलाइ चीन सरकारले फर्किने अनुमती नदिदा उनिहरुको भबिस्य नै अन्योलमा परेको छ।उनिहरुले चीन फर्कन पाउनु पर्ने र आफ्नो बाकी कोर्स पूरा गर्न पाउनु पर्ने भन्दै शिक्षा मन्त्रालयमा आबेदन दिएका छन।

आवेदकमा मेडिकल र इन्जिनियरका विद्यार्थी धेरै रहेका छन।पढाई पूरा गर्न नपाएर अलपत्र परेका हजारौं विद्यार्थी सङ्ग चीनिया कलेज हरु ले मोटो रकम लिएको तर कोरोनाको कारण देखाउदै पुन विद्यार्थी हरुलाइ चीन फर्कन अबरोध गरिरहेको छ।महामारी का बेला स्वदेश फर्किएका नेपाली विद्यार्थी हरुले इन्टरसिप लगायतका बाकी कोर्स पूरा गर्न सकेका छैनन।

चीनले प्रवेशमा रोक लगाएको कारण उनिहरु संबंधित विश्व- बिद्यालय र शिक्षण संस्था मा फर्कन पाएका छैनन ।तीन साता अघि नेपाल भ्रमणमा आएका चिनियाँ बिदेशी मन्त्री वाङ यि को नेपाल भ्रमणको बेला पनि विद्यार्थीको समस्याको बारेमा कुरा उठेको थियो तर चिनिया पक्षले सो बिषय लाइ प्राथमिकतामा नराख्दा हजारौं विद्यार्थीको भबिस्य अन्योल ग्रस्त बनेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले विद्यार्थीको समस्या लाई पहिलो प्राथमिकता दिने भनिए पनि चीन सरकारको अनिच्छाको कारण विद्यार्थीहरुको चीन फर्कने सपना पूरा हुन सकेको छैन।परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालय सङग विद्यार्थीको यकिन बिबरण माग गरेर तथ्यांक संकलन गरि चार्टर फ्लाइट मार्फत चीन फर्काउन चीनिया दूतावासलाई आग्रह गरिएको थियो तर चीनिया दूतावासले सो बिषयलाइ प्राथमिकतामा नराखेको कारण विद्यार्थीहरुको करोडौं रकम र उनिहरुको बाकी कोर्स पूरा गर्ने कुरा खेर जाने सम्भाबना बढेर गएको छ।

चीनमा चिकित्सा शास्त्र र इन्जिनियरिङ मा हजारौं विद्यार्थी अध्ययनरत छन।त्यहा अध्ययनरत विद्यार्थीहरुलाइ प्राथमिकता का आधारमा चीन फर्काउने कोशिस भए पनि त्यो पुरा हुन सकेको छैन यस कारण उनिहरुको ठूलो लगानी खेर गएको छ।

मेडिकल तर्फ २०१६ ब्याज लगायतका विद्यार्थीहरु चीन फर्कन पाएका छैनन।सन 2014र 2015का विद्यार्थी पनि कोरोना महामारीको कारण बिचमै नेपाल फर्किएका थिए।इन्टरसिप मात्रै पूरा गर्न बाकी रहेका विद्यार्थी लाई पनि चीन सरकारले रोकेर नेपाली विद्यार्थी माथी अन्याय गरेको छ।मेडिकल ,इन्जिनियरिङ र भाषा अध्ययनका लागि भनेर नेपाली विद्यार्थी हरुबाट करोडौं रकम अग्रिम लिएका चिनियाँ कलेजहरुले बेवास्ता गर्दा सन 2015 ब्याज देखिकै विद्यार्थी अध्ययनको लागि चीन फर्कन पाएका छैनन ।

सन २०१६ यताका विद्यार्थीको इन्टरसिप बाहेक सैद्धान्तिक पढाइ पूरा नभएको र प्राबिधिक धारका बिषयमा अन्लाइन कक्षालाई मान्यता दिन नसकिने चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले राय दिएपछी नेपाली विद्यार्थी झन बढी मारमा परेका छन।सैद्धान्तिक अध्ययन सकिएका विद्यार्थीले इन्टरसिपको लागि भए पनि चीन फर्कनु पर्ने बाध्यता छ तर चीन सरकारले हजारौं नेपाली विद्यार्थीको भबिस्य माथी खेलबाड गरिरहेको छ।

सन २०१९ को अन्त्यतिर र सन २०२० को सुरुमै नेपाल फर्किएका विद्यार्थीहरु दुई बर्ष बिति सक्दा पनि अध्ययन पूरा गर्न चीन फर्कन पाएका छैनन।चिनले अध्ययन भीषामा प्रबेश बन्द गरे पनि कतिपय देशका विद्यार्थी लाई चीन प्रवेश गर्न दिइरहेको छ तर नेपाली विद्यार्थी हरुलाइ चाहिँ विभिन्न बाहानामा रोकेको कारण अफ्नो लगानी र भबिस्य खेर गएको विद्यार्थीहरुले गुनासो गर्दै आइरहेका छन।

चीनको नेपाली विद्यार्थी प्रतिको नकारात्मक निति र नेपाल सरकारले पहल नगरेको कारण यस्तो स्थिती आएको विद्यार्थीहरुको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *