April 30, 2026

ओहायोबाट रमेशले ल्याए ‘तिम्रो साथ’

0

काठमाडौं , लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ुतिम्रो साथु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ।

साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ। राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो। ुनेपाली मेलोडिजु नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक: https://youtu.be/nEKVO6VvkI8

Leave a Reply

Your email address will not be published. Required fields are marked *