September 17, 2026

सिलबन्दी गरेको पसल नखोले थप आन्दोलन घोषणा गर्ने वाणिज्य संघको चेतावनी

0

विर्तामोड । 

राजश्व अनुसन्धान कार्यालयले बिर्तामोडको कपडा पसलमा सिलबन्दी गरेको भन्दै आज बेलुकासम्म नखोले आन्दोलनका कार्यक्रम घोषणा गर्ने विर्तामोड उद्योग वाणिज्य संघले चेतावनी दिएको छ ।

पसलका मुख्य सञ्चालक नभएको बेला अपराधी झैं करार गर्दै राजश्व अनुसन्धान कार्यालय इटहरीले सिलबन्दी गरेको विरोधमा बिहीबार बिर्तामोडमा केही समय राजमार्ग नै अवरोध गरेको थियो ।

राजश्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोडको शनिश्चरे रोडस्थित शाह कपडा पसलमा विहीबार सिलबन्दी गरेको हो । उक्त विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी छविराज रिजालसंग छलफल भएपनि राजश्व कार्यालयका कोही प्रतिनिधि नआएपछि छलफल निकर्षमा पुग्न नसकेको बिर्तामोड स्थित वाणिज्य संघमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

उनले ब्यवसायीले गलत गरेको भएमा कारबाहीका लागि सहयोग गर्ने तर छापामार शैलीमा राजश्व कार्यालयले ब्यवसायीलाई आतंकित बनाउन नहुने बताए । पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष बलराम कार्कीले वाणिज्य संघले राजश्व कार्यालयलाई सहयोग गर्ने उल्लेख गर्दै अनावश्यक रुपमा ब्यवसायीलाई आतंकित पार्न नहुने बताए । आफुहरु बाध्य भएर मात्रै सडक बन्द गर्नुपर्ने अवस्थामा आएको बताउँदै पूर्वअध्यक्ष कार्कीले आज बेलुकासम्म पनि पसल नखोले आन्दोलनका थप कार्यक्रम सार्वजानिक गर्ने चृतावनी दिए ।

वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले ब्यवसायीलाई आतंकित बनाउने काम बन्द गर्नुपर्नेमा जोड दिए । राजश्व कार्यालयले नियमसंग रुपमा काम गर्नुपर्ने जोड दिदैं उनले वाणिज्यसंग समन्व्य नगर्दा ब्यवसायी त्रसित बनेको बताए ।

राज्यलाई कर तिर्ने विषयमा वाणिज्यसं स्पष्ट रहेको भन्दै प्रवक्ता सञ्जिव घिमिरेले ब्यवसायीलाई अनावश्यक रुपमा दुख दिन नहुनेमा जोड दिए । उनले आज बेलुकासम्म पनि समस्या समाधान नभएमा वाणिज्य संघले थप आन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने बताए ।

कोरोना कहरका कारण व्यवसायी मारमा परेका बेला व्यवसायीलाई थप मारमा पार्ने राज्यको यस्ता हर्कत बन्द गरिनुपर्ने विर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ । कोरोना कहरका कारण अर्थतन्त्र धरासायी बनिरहेका बेला ब्यवसायीलाई आतंकित बनाउन नहुने वाणिज्य संघका पदाधिकारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *