June 14, 2026

म आइपँुगे एउटा अनौठो ठाउँमा

मलाई थाहा भएन कुन गाउँमा

रमाइलो थियो त्यो गाउँ सा¥है मनोहर

मलाई लाग्यो म त्यहाँ बसुँ सधैँभर

मैले जान्न चाहेँ त्यस ठाउँको नाउँ

सोधेँ मैले एक जनालाई त्यस ठाउँको नाउँ

उत्तरमा उनले भने शान्तिपुर हो यो ठाउँ

साच्चै नै शान्तिपूर्ण रहेछ त्यो गाउँ

मैले सोचे त्यहाँ बस्नेहरु सा¥है भाग्यमानी

स्वस्थ पनि रहने उनीहरुका साना नानी

देखेर त्यस रमाइलो गाउँको सुन्दरता

मलाई भयो गाउँको जान्ने उत्सुकता

त्यहाँका घरहरु भनौँ उस्तै चिटिक्क परेका

हेर्दा रमाइलो लाग्ने घैलामा पानी भरेका

त्यहाँका रङ्गीचङ्गी फूलहरुसँग बिदा मागेर

फर्कें म त घर त्यहाँका रमाइला याद बोकेर

—अनुसा ओली

(कक्षा–५)

श्री पशुपति अङ्ग्रेजी मा.वि

कनकाई नगरपालिका–३, सुरुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *