September 20, 2026

निरन्जन प्रसाईको अध्यक्षतामा झापाली समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

0

सिड्नी, 

निरन्जन प्रसाईको अध्यक्षतामा झापाली समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा निरज खतिवडा र शुसान्त ओली निर्विरोध निर्वाचित भए।

यस्तै समाजको सचिवमा तिर्थराज कार्की तथा सहचिवमा प्रकाश पौडेल चयन भए।का छन । समाजको कोषाध्यक्षमा नादन क्षेत्री तथा सदस्यमा भिक्टोरियाबाट राजु भेटवाल, अमित श्रेष्ठ, अशोक ओली, ज्योति सिटौला, मुक्ती वन र ऋषीराज दाहाल निर्वाचित भएका छन्।

सिड्नीमा आयोजित कार्यक्रममा निर्वाचन समितिकोतर्फबाट आयुक्त राजन सिटौला र सदस्य अजय राजवंशीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपीनियताको सपथ ख्वाएका थिए।

कार्यक्रममा निर्वतमान अध्यक्ष उमेश पोखरेलले कोभिड महामारीबीच समाजले पछिल्लो कार्यकालमा उल्लेख्य गतिविधि गरेको चर्चा गरे।

कार्यक्रममा शुभकामना प्रदान गर्दै एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले क्षेत्रीय तथा भेगीय संस्थाको आवश्यकता र महत्व बढेको बताउँदै झापाली समाजले अस्ट्रेलियामा उदाहरणीय काम गरेको बताए।

यस्तै एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङले झापाली समाजको सामाजिक सेवाबाट आफू पनि प्रभावित भएको बताए।

गुरूङले एनआरएनको पदाधिकारी बैठकबाट पारित भएको सदस्यता शुल्क तिर्ने निर्णयलाई लत्याउँदै केही व्यक्तिले आफ्नो स्वार्थमा संस्थालाई बदनाम पारेको आरोप समेत लगाए।

यस्तै कार्यक्रममा झापाली समाजका परिकल्पनाकार भवानी ओली पूर्व अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, एनआरएनका पूर्व ओसेनिया संयोजक धर्म अधिकारी, अभियन्ता रमेश पाण्डे एनआरएनका उपाध्यक्ष मन केसीलगायतले नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *