September 19, 2026

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु

0

काठमाडौं,

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष तीर्थ लामाले जानकारी दिए।

घटनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरहेको पनि उनले बताए। घटनास्थलमा कोइला बालेको,तथा बान्ता गरेको फेला पारेको प्रहरीको भनाइ छ।

सुत्केरीलाई कोइला बालेर सेक्नेक्रममा झ्याल ढोका बन्द गरेकोले निसास्सियर मृत्यु हुने गरेका घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *