September 17, 2026

अखिल नेपाल महिला संघ अर्जुनधाराको नेतृत्व चयन

0

अर्जुनधारा ।

नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ अर्जुनधारा नगर कमिटीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

नगर कमिटीकी अध्यक्ष लक्ष्मी तामाङ राईको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष एवम् पूर्व मन्त्री जसमाया गजमेरले उद्घाटन गरेकी थिइन् ।

सोही कार्यक्रममा २२ जना ज्येष्ठ मातालाई दोसल्ला ओढाई सम्मानित गरिएको पार्टी नगर कमिटीकी सदस्य रोजिना पाण्डेले जानकारी दिइन् ।

कार्यक्रममा संघकी केन्द्रीय सदस्य टिकादेवी घिमिरे, प्रदेश सदस्य कमला मगर, पार्टीका जिल्ला सदस्य रोहितमान ढकाल, प्रदेश नं.१का सांसद् वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघकी उपाध्यक्ष निर्मला घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कमला भण्डारीले गरेकी थिइन् ।

सोही अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि यस अघि सचिव रहेकी कमला भण्डारीको अध्यक्षतामा ६६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष राईले जानकारी दिइन् ।

नवगठित कमिटीको उपाध्यक्षमा सीता कँडेल परियार, सचिवमा इन्दिरा पराजुली, सहसचिवमा विनु चौधरी र कोषाध्यक्षमा कुमारी भण्डारी चयन भएका छन् । ७५ सदस्यीय कमिटीमा बाँकी नौ जना सदस्य मनोनयन प्रक्रियाबाट मनोनित गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *