September 17, 2026

मोतीबिन्दुका बिरामीको शल्यक्रिया

0

सप्तरी,

सप्तरीमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ५१८ मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको छ ।

कञ्चनरुप १२ रुपनगरस्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा हालै सञ्चालित शिविरमा एक हजार ८५० जना आँखाका बिरामीले जाँच गराएकोमा सो सङ्ख्यामा बिरामीको शल्यक्रिया गरिएको उपचार केन्द्रका संरक्षक प्रा. डा. रोहित कुमार पोखरेलले जानकारी दिनुभयो ।

तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँका चिकित्सकले शल्यक्रियासहितको उपचार गर्नुभएको हो । शिविरमा डा. सागर रुइत, डा. सृजना अधिकारी, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका चिकित्सक उपचारमा सहभागी हुनुहुन्थ्यो ।

शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र भारतबाट समेत बिरामी आएका थिए । यसअघि सो केन्द्रमा तीन पटक निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *