September 18, 2026

पल शाह आज आफैं प्रहरीमा हाजिर हुने

0

काठमाडौं,

जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले आज प्रहरीमा उपस्थित बताएका छन्। सामाजिक सञ्जालमार्फत शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन्।

आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको उनले बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्।

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। तर‚ उनी फरार रहेको प्रहरीले बताउँदै आएको थियो।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *