September 17, 2026

याक्थुङ युवाद्वारा फालेलुङका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान

0

युद्धबहादुर बोहोरा,
पाँचथर:

अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङ दुवैलाई बुधबार एक कार्यक्रमका बीच जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।

विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्न साथै ‘विशेषगरी छोरीलाई शिक्षित बनाउन जरुरी छ’ भन्ने उदेश्य सहित हाल अमेरिक बस्दै आएका याक्थुङ युवाहरूको पहमा उक्त रकम संकलन गरि सहयोग गरिएको जनाइएको छ ।

विद्यालयले राखेको तथ्यांक र मुल्यांकनको आधारमा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर केरूङको अध्यक्षतामा सामाजिक अभियान्ता तथा अमेरिकमा बस्दै आएका याक्थुङ युवा कवि बिबश बेनामको प्रमुख आतिथ्यतामा दुई छात्रालाई नगदसहित अन्य एक सय १६ जना विद्यार्थीहरुलाई करीब ६० हजार बराबरको न्यानो कपडा(स्वेटर) पनि वितरण गरिएको साहित्यकार बेनामले जानकारी दिए ।

उनले भने,अमेरिकबाट नेपालमा छुट्टी आएको बेलामा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरौं र आगामी दिनमा पनि सहयोग गर्ने इच्छासंगै हाल यो कार्य गरेका छौँ ।’

व्यक्तिगत फाइदाको लागि मात्रै बिदेश जानु भन्दा केहि काम समाजको निम्ति पनि गरौं भन्ने उनको आग्रहलाई साथ दिंदै हाल अमेरिकमा रहेका बुद्ध चेम्जोङ,ललित सम्वाहाम्फे,अग्नि योङ्या,राकेश आङदेम्बे,मेन्याङ्बो प्रेम,टंक शेलिङ,सुमन थाम्सुहाङ लिम्बू मिराक,पिके लिम्बुले मद्दत गरेका छन्

साथै आर्थिक सहयोग गर्नेहरुमा बिबस माङ्मु,बिरेन्द्र लाबुङ लिम्बु भुमी,हिक्मत् आङ्बुहाङ्,बिष्णु चोङ्बाङ,बिमल चेम्जोङ्,हरि जबेगु,मनि लिबाङ्,गजेन् चेम्जोङ्,दिपक थेवे, आनंद मादेन,निरु थेवे,पूर्ण थेवे,जीवन खजुम,राज लिम्बु ,कभिन थेवे,बन्धना तुम्बाहाम्फे लगायतका युवाहरु रहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा भृकुटी र सिदेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय शर्ण कुमार केरूङ र नरेन्द्र केरुङ,स्थानीय शिक्षक राजेन्द्र केरुङ लगायतले नेपाल बाहिर बसेर पनि दुर्गम क्षेत्रका विद्यार्थीलाई साथ सहयोग गरेकोमा याक्थुङ युवाहरुको उदाहरणिय कार्यको प्रशंसा सहित धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *