September 17, 2026

दर्जनौं संस्थाद्वारा राष्ट्रियसभा सदस्य बस्नेतलाई सामुहिक सम्मान

0

झापा ।

प्रदेश १ बाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित गोपालकुमार बस्नेतलाई बिर्तामोडमा तीन दर्जन संस्थाले मंगलवार सामुहिक सम्मान गरेका छन् ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा, स्थानीय सामाजिक संस्था तथा नागरिक क्षेत्रबाटबाट बधाईसहित सम्मान गरिएको हो ।

सांसद बस्नेतलाई नेपाल जेसीजका राष्ट्रिय पूर्व अध्यक्ष अनिल भेटुवाल, सभाध्यक्ष शिवाकोटी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेललगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।

निष्ठाको राजनीतिसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित भए वापत तत्कालिन सरकारबाट नजरबन्द, निर्वासनको सजाय भोगेर पनि त्यही यात्रामा अविराम अविचलित रहेर चेतनाको यात्रा गर्दै मुलुकलाई प्रजातान्त्रिक आन्दोलनबाट नयाँ युगमा प्रवेश गराउन योगदान पु¥याए वापत सम्मान गरिएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १का प्रवक्ता एवम् सदस्य कुमार भट्टराईले स्वागत गरेको कार्यक्रममा सम्मानपत्र वाचन अग्रज पत्रकार लक्ष्मण ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

सम्मान गर्ने संस्थाहरुमा नेपाल जेसीज, डेमोक्रेट लयर एशोसिएशन झापा, जेसीज पूर्वअध्यक्ष समाज झापा, नेपाल उद्योग बाणिज्य संघ प्रदेश १, एकका लागि एक अभियान, इलाम–झापा मैत्री समाज, नेपाल पत्रकार महासंघ झापा, प्याव्सन, एन–प्याव्सन झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, नेपाल परिवार नियोजन संघ, झापा गोल्डकप, नेपाल अलैंची व्यवसायी महासंघ, युनिकम नेपाल, निर्माण व्यवसायी संघ झापा, चेम्बर अफ कमर्श झापा, सहारा नेपाल, सिके चिन्तन प्रतिष्ठान, नेपाल उद्यमशिल महिला संघ, कनकाई उद्योग बाणिज्य संघ, साहित्य चौतारी, जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान, रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ मिड टाउन, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, नेपाल रेडक्रम उपशाखा बिर्तामोड, मेची उद्योग बाणिज्य संघ, अर्जुनधारा जलेश्वरधाम, वीरता जेसीज, वीरता लेडी जेसीज, संवाद समूह झापा, नबोल्ने बा स्मृति प्रतिष्ठान, रोटरी क्लव अफ सुरुङ्गा लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *