September 17, 2026

कृपा जिताउ अभियानका लागि लुइँटेल दम्पती द्वारा ५१ हजार सहयोग

0

झापा।

सारेगमप लिटल च्याम्स नेपालको को रियालिटि सो कार्यक्रममा करिव ३५ हजार भन्दा बढि प्रतिष्पर्दिलाइ पछि पार्दै उत्कृष्ट ५ अर्थात फिनालेमा पुग्न सफल झापा बिर्तामोड –२ चारपाने निवासी १४ बर्षिया कृपा पौडेल लाई विनर बनाउन सबै क्षेत्र बाट उल्लेख्य भोटिङ्ग सहयोग भइरहेको छ ।

यसै बिच झापाली रक्तदान क्षेत्रका अभियन्ता सामाजिक ब्यक्तित्व अर्जुनधारा –५ निवासी ओम प्रकाश लुइँटेल तथा हेप्पि फेमीलि परिवार झापाकी अध्यक्ष दुर्गा लम्साल (लुइँटेल ) ले पुर्वकी शान बहु प्रतिभाकी धनी कृपा पौडेल जिताउ अभियान का लागि आफु र आप्नो परिवार को तर्फबाट नगद रु ५१०००/– आज कृपा जिताउ अभियान मुलसमारोह समिति का सचिब माधब कल्पित र कोषाध्यक्ष (कृपाको बाबा) कुमार पौडेललाइ संयुक्तरूपमा हस्तान्तरण गर्नु भएको छ ।

क्षितिज नाट्य समूह लगायत दर्जनौं साँगीतिक तथा साहित्यिक संघ सस्थाहरुमा आबद्ब रहेर सानै उमेरमा गायन को क्षेत्रबाट नेपाली सुगम साँगीतिक क्षेत्रमा आफुलाइ स्थापित गर्न सफल कृपा पौडेल बिगत ६ महिना अघिबाट नेपालका पहिलोपटक आयोजना भएको सबै भन्दा ठुलो रियालिटिसो कार्यक्रममा भाग लिएर आज फाइनल सम्म पुग्न सफल भएकि हुन्न ।

सुमधुर स्वर कि धनी कृपा पौडेललाइ जीताउन यति बेला देश तथा बिदेशबाट समेत ठुलो साथ र सपोट रहेको कुरा अभियानका सचिव झापाली युवा रंगकर्मि माधब कल्पित ले जानकारी दिनु भएको छ ।यहि माघ –२२ गते सम्पन्न हुने उक्त प्रतियोगितामा सबैले आ–आफ्नो क्षेत्रबाट भोट तथा आर्थिक सहयोग गरि प्रतियोगीताको विनर बनाउन विशेष सहयोग गरि दिनु हुन सबै श्रोता तथा दर्शक समक्ष कृपा जीताउ अभियानले आवाहान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *