September 26, 2026

घर-घरमै जेष्ठ तथा असक्तलाई थर्मस र न्यानो कपडा

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका – २को वडा कार्यालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

आफ्नो वडाभित्रका वर्ष ८८ उमेर माथिका ३६ जना जेष्ठ नागरिकलाई एक – एक वटा थर्मस तथा रातो कार्ड प्राप्त गर्ने पूर्ण असक्त अपाङ्‌गता भएका २६ जना नागरिकलाई जाडोमा न्यानो कपडा प्रदान गरेको हो ।

८८ वर्षमाथिका ३६ जना जेष्ठ नागरिकलाई एउटा धर्मस्का दरले प्रदान गरिएको छ भने २६ जना अपाङ्गता भएकाहरुलाई जाडोको न्यानो कपडा प्रदान गरिएको वडाध्यक्ष याम प्रसाद गुरागाईले बताएका छन्।

घर घरमै गएर वडा प्रतिनिधिहरू अग्नि गुरुङ, अरूणा राई, पशुराम न्यौपाने, सीता भुसाल समेतले उपलब्ध गराउनु भएको हो। सोका लागि वडा कार्यालयले १लाख रुपैया बजेट विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *