September 20, 2026

माईमा थेगुवालाई बिदाई, लावतीलाई स्वागत

0

विमल दहाल, माई ।

माई नगरपालिका ईलामका प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार थेगुवालाई फेरी भेटौला कार्यक्रमका बिच शुक्रबार विदाई गरिएको छ ।

गत बर्ष मंसिरमा माई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय ईटहरीबाट सरुवा आउनु भएका थेगुवा १४ महिनाको बसाई पछि शुक्रबार प्रदेश कार्यालय बिराटनगर जाने गरि बिदाई हुनु भएको हो ।

कार्यक्रममा जनप्रतिनिधी तथा कर्मचारिहरुले थेगुवा कुशल प्रशासक रहेको चर्चा गर्दै वहाँले माईको सुशासन र समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताएका थिए ।

नगरपालिका प्रमुख दिपक कुमार थेबेले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुशासन कायम गर्न उत्कृष्ट कार्य गरेको भन्दै थेगुवाको मिहेनत र परिश्रममा प्रशंसा गर्नुभयो । वेलवारी नगरपालिका-३ मोरङ्ग घर भएका प्रमुख प्रशासकिय अधिकृत थेगुवा विदाइ भएर जाँदै गर्दा माई नगरपालिकाबाट आफुले धेरै अनुभव संगालेको बताउनुभयो ।

यता माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा सरुवा भई आउनु भएकी शिक्षा अधिकृत सिता लावतीलाई भब्य स्वागत गरिएको छ । झापा मेचिनगर घर भएकी लावती ताप्लेजुङ्गको अाठराई त्रिवेणी गाँउपालिकाबाट सरुवा आउनु भएको हो ।

प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले सहजिकरण गरेको फेरी भेटौला कार्यक्रममा वडाध्यक्षहरु मुखराज आङ्दम्बे, लिला कुमार राई, सुर्य प्रसाद दुलाललगायत जनप्रतिनिधीहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा लेखा अधिकृत क्षेत्रनाथ शर्मा, शिक्षा शाखा प्रमुख सिता लावती, स्वास्थ शाखा प्रमुख पुष्कर कट्टेल लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *