September 20, 2026

मोरङमा दुईवटा शव खाल्डोमा पुरेको अवस्थामा भेटियो

0

मोरङ,

मोरङमा खाल्डोमा पुरिएको अवस्थामा अर्को शव भेटिएको छ । मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा शव भेटिएको हो ।

उखुबारीमा रहेका दुई खाल्डो मध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गर्ने क्रममा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । बुधबार पुरुषको शव भेटिएको स्थान नजिकै अर्को शङ्कास्पद खाल्डो भेटिएको थियो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोली घटनास्थलतर्फ पुगेको थियो । अहिले संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

शव सडेका कारण पहिचान गर्न मुस्किल भएको प्रहरीले जनाएको छ । उखु काट्न गएका किसानले बारीमा खाल्डो खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।-अपराध न्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *