घाँटी थिचेर हत्या, हत्यामा संग्लग्न पक्राउ
मोरङ ।

मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जयबहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दलबहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।
हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
