नेपाल प्रेस युनियन झापाको अक्षयकोषमा बुढाथोकीद्वारा २० हजार सहयोग
विर्तामोड।

नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा झापा अर्जुनधारा–८ निवासी राजनीतिक एवं सामाजिक ब्यक्तित्व भरत बुढाथोकीले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अर्जुनधारामा आयोजित संक्षिप्त कार्यक्रममा युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, संस्थापक सदस्य दिपक ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, रेजिना गौतमलाई बुढाथोकीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका उपसभापति चतुरर्भुज काफ्ले, कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै बुढाथोकीले पत्रकारहरुले निश्पक्ष भएर सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि कलम चलाउन आग्रह समेत गर्नुभयो । लोकतन्त्रवादी पत्रकारहरुको संस्था प्रेस युनियनमा आबद्ध पत्रकारले लोकतन्त्र संस्थागत विकास र सुशासनका लागि निडर भएर सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष हुमागाईले अक्षयकोषको ब्याज प्रेस युनियनका संस्थागत गतिविधि सञ्चालन एवं पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि खर्चने बताउँदै सहयोगका लागि आह्वान गर्नुभयो ।
युनियनका सभापति इन्दु पूर्वेलीले अक्षयकोष सञ्चालन कार्यविधि पारित गरेर एकमहिना अघिदेखि अक्षयकोष स्थापना अभियान थालिएको जानकारी दिदै अभियानमा सबै लोकतन्त्रवादीहरुको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
प्रेस युनियनले संस्थाका गतिविधि सञ्चालन एवं पत्रकारहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य उपचार लगायतका सर्वाङ्गीण लक्ष राखेर अक्षयकोषको सुरुवात गरेको हो ।
