ब्राउन सुगर सहित एक जना पक्राउ
झापा ।

झापाको दमक नगरपालिका–९ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगञ्ज नबावगञ्ज घरभई हाल झापाको दमक नगरपालिका–४ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय मोहमद इस्ताका रहेका छन् ।
इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा उनले लगाएको जिन्स पेन्टको गोजीमा दुई ग्राम ब्राउन सुगर, नगद दुई हजार पाँचसय रुपैँया र एक थान मोवाइल फेला परेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
