September 26, 2026

उपभोक्ताको नजरमा मारुती सिमेन्ट जहिल्यै ‘नम्बर वान’

0

झापा,

विदेशी सिमेन्टको दबदबा रहेको अवस्थामा विगत १५ वर्षअगाडि अन्तर्राष्ट्रिय निर्भरतालाई विश्राम दिने सोचका साथ उत्पादन सुरु भएको मारुती सिमेन्टले उपभोक्तामा सन्तुष्टि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

स्थापनाकालदेखि कै विश्वासिलो ब्रान्डका रूपमा परिचित मारुती सिमेन्टले स–साना संरचना निर्माणदेखि ठुला–ठुला परियोजनासम्म उपभोक्ताको भरोसा जित्दै आएको छ ।

निजीस्तरको पहिलो सबैभन्दा ठुलो ओपिसी सिमेन्ट उत्पादक मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । यसैले पनि नेपालमै पहिलोपटक ग्रेड सिमेन्टको उत्पादन सुरु गर्ने मारुती सिमेन्ट राष्ट्रिय गौरवका परियोजनाहरूमा निर्विरोध प्रयोग हुँदै आइरहेको छ । नेपालकै सर्वोत्कृष्ट चुनढुङ्गा खानीबाट उत्पादित उक्त सिमेन्ट सानो संरचनादेखि ठुला हाइड्रोपावरसम्ममा प्रयोग हुँदै आइरहेको छ ।

ठुला–ठुला परियोजनाहरू पुल, बाँध, उद्योग, घर, बाटोघाटो निर्माणमा प्रयोग हुँदै यो सिमेन्ट उपभोक्ताहरूमा निकै लोकप्रिय छ । आजका दिनमा पनि उपभोक्ताका माझ यो सिमेन्ट कम्पनी एक विश्वसनीय कम्पनीको रूपमा स्थापित छ । आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिएकै कारण पनि बजारमा मारुती सिमेन्ट लोकप्रिय बन्दै गएको हो । विभिन्न सर्वेक्षणमा पनि मारुती सिमेन्टको प्रयोगकर्ताहरू अन्य सिमेन्ट प्रयोगकर्ताको तुलनामा विश्वसनीय भई प्रयोग गरिररहेको पाइएको छ ।

मारुती सिमेन्ट ‘नम्बर वान’

मारुती सिमेन्टले आफूलाई सधैँ नम्बर वान भएको दाबी गर्छ । यो उसको दाबीमात्र होइन, उपभोक्ताको बोली हो । बजारमा उपभोक्ताले मारुती सिमेन्टलाई सोही उपनामले चिन्छन् । मारुती सिमेन्ट उत्पादन सुुरु भएयता नै बेच्न थालेका गरिमाज इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक श्यामभगत खड्का उपभोक्ताकै बोली बोल्ने बताउँदै मारुती सिमेन्टलाई नम्बर वानको दर्जा दिन्छन् ।

उपभोक्ताले कहिल्यै पनि गुणस्तरको मामलामा गुनासो नगरेको बताउँछन् । ‘१५ वर्ष नै भयो मैले मारुती सिमेन्ट बेच्न थालको,’ उनी भन्छन्, ‘तर अहिलेसम्म उपभोक्ताले कुनै कम्प्लेन गरेका छैनन् । हामीले उपभोक्ताकै बोली बोल्ने हो, उहाँहरूको नजरमा मारुती सिमेन्ट नम्बर वान हो ।’

यस्तै, नेपाल हार्डवेयर एन्ड सप्लायर्स प्रालि, ललितपुरका सञ्चालक रमेश गौतम १८ वर्षदेखि निर्माण सामग्री बिक्री गर्दै आइरहेका छन् । तर जब उनीसँग मारुती सिमेन्ट ठोक्किएको छ, तबदेखि उनले सो सिमेन्ट नै बढी बिक्री गरिरहेका छन् । ‘ब्यापारमा ‘पुस सेल’ र ‘पुल सेल’ भन्ने दुई नियम हुन्छ ।

ग्राहकले मारुती सिमेन्ट नै चाहिन्छ भन्दै हामीकहाँ आउने भएका कारण पुल सेल गरिरहेका छौँ’, उनी भन्छन्, ‘हामीले लामो समयदेखि सिमेन्ट धेरै बेच्यौँ । तर मारुतीमा हालसम्म कुनै कम्प्लेन नआएका कारण यो नै हाम्रो प्राथमिकतामा पर्छ ।’

२०६७ सालदेखि नै निरन्तर रूपमा मारुती सिमेन्ट प्रयोग गर्न थालेका उपभोक्ता दिपेन्द्रराज भण्डारी आफ्नो रोजाइमा सन्तुष्ट छन् । उनी भन्छन्, ‘११ वर्ष भएछ मैले मारुती सिमेन्ट प्रयोग गर्न थालेको, पटक–पटक संरचना निर्माणमा प्रयोग गरेँ । अहिले पनि म घर बनाउँदैछु र मारुती सिमेन्ट नै प्रयोग गरिरहेको छु । म सन्तुष्ट छु मारुती सिमेन्ट रोजेकोमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *