झापामा मोटरसइकल रुखमा ठोक्किदा तीन जनाको मृत्यु
बिर्तामोड ।

ट्राफिक नियमको चरम उल्लघन गरेर सवारी सञ्चालन गर्दा भएको दुर्घटनामा झापामा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी काार्यालय झापाले जनाएको छ ।
दमक –२ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । गयराती उतरबाट दक्षिण तर्फ पूर्व पश्चिम राजमार्ग आउदै गरेको प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलचालक खोटाङ चिसापानी ४ का २३ बर्षिय अनिल विक,चितवन राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ बर्षिय अनिल लामगादेको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी काार्यालय झापाले जनाएको छ ।
ट्राफिक नियमको उल्लघन लगरेर तिब्र गतिमा सवारी सञ्चालन गर्दा अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किदा उनीहरुको मृत्यु भएको प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रहरीले जनाएको छ ।
