सगरमाथा आरोहणको तयारीमा युवन्तिका
इलाम ।

इलाम सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनु भएको छ ।
विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले बैशाख महिनामा सगरमाथा आरोहण गर्ने हुनु भएको हो ।
इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहनु भएकी उहाले केहि समय अघि मात्र सगरमाथाको लोबुचे पिक सम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरीसक्नु भएको छ । कृषि पेशामा आबद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा हुनुहुन्छ ।
सगरमाथा आरोहण गर्दा ५० लाख खर्च हुने भए पछि उहा अहिले खर्च जुटाउने काममा लाग्नु भएको छ ।
स्थानीय सूर्योदय महिला संचको सक्रियतामा इलामका १० वटै स्थानीय तह सहित बिभिन्न सामाजिक संघ संस्थामा सहयोग जुटाउने काम भैरहेको छ । इलामको सूर्योदय र इलाम नगरपालिकाले दुई÷दुई लाख रुपियाँ र सन्दकपुर गाउँपालिकालृे १ लाख सहयोग गर्ने भएका छन ।
सूर्योदय नगरपालिकाले उहाको अवस्था हेरी थप सहयोग गर्ने नगर उप प्रमुख दुर्गादेबी भट्टराईले जानकारी दिनु भयो । तामाङ भन्नु हुन्छ ‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने अठोट लिएको छु ।’ उक्त कामका लागि हहिले सबैको सहयोगको अपेक्षा गरेको उहाले बताउनुभयो ।

‘ सगरमाथा आरोहण गरेर यस क्षेत्रको पर्यटन प्रवर्धनमै काम गर्ने छु’ तामाङले भन्नु भयो । उहाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइृलाई समेत भेटी सक्नु भएको छ । उहाबाट सहयोगको आश्वासन पाएको तामाङले बताउनु भयो ।
स्थानीय युवाहरुले उहाको लागि खर्च जुटाउने अभियान शुरु गरेका छन् । ५० लाखमा ३५ लाख अन्य क्षेत्रबाट उठाएर १५ लाख रुपियाँ आफै लगानी गर्ने योजना रहेको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । सूर्योदय १० का युवा अभियान्ता युवराज प्रधानले जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहणको तयारी गरीरहनु भएकी तामाङलाई सबैले सहयोग गर्ने बताउनु भयो ।
उहा भन्नु हुन्छ ‘ तामाङले सगरमाथाको चुचुरो टेकेका दिन इलामको इज्जत बढने छ ।’ तामाङ सगरमाथा चढ्नका लागि ३ महिने तालिमका लागि काठ्माण्डौं पुग्नु भएको छ ।
