September 20, 2026

राष्ट्रिय युवा संघ नेपाल प्रदेश नं. १ काे बैठक सम्पन्न

0

पथरीशनिश्चरे,

राष्ट्रिय युवासंघ नेपाल प्रदेश नं १ काे बैठक झापाकाे दमकमा विभिन्न महत्वपुर्ण एजेण्डाहरू पारित गर्दै सम्पन्न भएकाे छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संघका केन्द्रिय अध्यक्ष किरण पाैडेल प्रमुख आतिथ्यतामा ,एमाले केन्द्रिय सदस्य गाेविन्द थापा , संघका केन्द्रीय उपाध्यक्ष एवम् युथफाेर्स संयाेजक क्षितिज थेवे, संघका उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज अन्जना अधिकारी,संघका केन्द्रीय उपाध्यक्ष रविन थापा ,संघका केन्द्रीय उपाध्यक्ष राेशन बस्नेत, संघका केन्द्रिय सचिवद्वय सुनिता कार्की तथा अर्जुन ढुङगाना,स्थायी कमिटी सदस्य राकेश राई र स्थायी कमिटी सदस्य अनिता कन्दङवा,संघका नेता नम चेम्जाेङ लगायतकाे विशेष आतिथ्य रहेको बैठकको अध्यक्षता केन्द्रीय उपमहासचिव एवं संघका १ नं प्रदेश संयाेजक विजय डाँगीको रहेको थियो भने बैंठककाे औपचारिक कार्यक्रम संघका स्थायी कमिटी सदस्य पर्वत भण्डारीले संचालन गर्नु भएकाे थियाे।

साेहि क्रममा प्रदेश नं. १ अन्तर्गतका युवा संघका जिल्ला अध्यक्षहरूले आ- आफ्नाे जिल्लाकाे सांगठानिक गतिविधि तथा प्रगतिको रिपाेटिङ गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *