September 22, 2026

स्वरोजगार सहकारीको १४ औं सभा

0

झापा ।

झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभाका अवसरमा १४ जना कर्मचारी र ३ वटा सेवा केन्द्रलाई सम्मान गरेको छ ।

संस्थाले सोमवार बिर्तामोडमा साधारणसभा गर्दै संस्थाको गरामनी, खुदुनावारी र चारआली सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रुपमा सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट कर्मचारी अन्तर्गत संस्थाका शिवलाल दाहाल, हरिप्रसाद भट्टराई, मनोज सापकोटा, प्रेमकला फुयाललाई सम्मान गरेको छ । त्यस्तै डम्वरकुमारी बस्नेत, सोमिता सावा, सावित्रा थापा, लोचना ओली, शकुन्तला राजपुत, जमुना तिम्सिना, तारा कोइराला, इन्दिरा दाहाल सापकोटा, मीना गिरी र सुधा राईलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथि झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने रहेका थिए । स्वागत संस्थाका उपाध्यक्ष कमला थापा मगरले गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराईले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मनमोहन हस्पिटलका रोमणि भट्टराई, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, उद्यमी संघ झापा अध्यक्ष निर्माला चौहानलगायतले शुभकामना मन्तव्य राखेको संस्थाका विभागीय प्रमुख रुपन चाम्लिङले जानकारी दिए ।

१९ वटा सेवा केन्द्र सञ्चालनमा रहेको संस्थाले फिक्कल, पशुपतिनगर, दानावारी, शिवगञ्ज, राजगढ र झापाबजारमा प्रस्तावित सेवा केन्द्र सञ्चालन गरेको बताइएको छ । आर्थिक बर्ष २०७७/०७८ असार मसान्तसम्ममा ३० हजार ७ सय ८७ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ११ करोड ६९ लाख ७ हजार १९२ रुपैयाँ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । झापा र इलाम कार्यक्षेत्र रहेको संस्थामा ९२ जना कर्मचारी र हालसम्म ९ वटा संस्था एकीकरण भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *