पशुपंक्षीलाई निःशुल्क खोप अभियान
पथरीशनिश्चरे, 
मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा पशुपंक्षीहरुका लागि सुरु गरिएको निःशुल्क खोप अभियान वडा नम्बर २ देखि प्रारम्भ भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रदेश १ को सहयोगमा नगरको पशुपंक्षी शाखाको आयोजनामा भएको शिविरमा १ हजार २ सय वटा बाख्रालाई पीपीआर र ५ सय ५० वटा गाई भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको हो ।
हिजो वडा नम्बर ३ मा खोप लगाइएको थियो । भोली ४ नम्बर वडा कार्यालय परिसरमा खोप लगाइने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । यसैबीच, आज पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक विनोद शाह र पशुविकास अधिकृत हिमादेवी गौतमको टोलीले खोपको अनुगमन् गरेको छ ।
