प्रगती महिला कृषि सहकारीको १५ औं सभा
दुहागढी ।

प्रगती महिला कृषि सहकारी संस्था चारआलीको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाको आफ्नै भवनमा सम्पन्न सभामा उपाध्यक्ष गंगा राजवंशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा आधा दर्जन उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा जेष्ठ सदस्य सीतादेवी घिमिरे, उत्कृष्ट बाल बचतकर्ता युनिक बुढाथोकी, उत्कृष्ट बचतकर्ताहरु बिना सुब्बा, भावना कटुवाल, भूमिका सुवेदी, उत्कृष्ट कर्मचारी सीता पौडेल रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा दोसल्ला, सम्मान पत्र र नगदबाट सम्मान गरेका थिए ।
कार्यक्रममा हातेमालो बन समूहका अध्यक्ष चन्द्र प्रसाद सिग्देल, बाल सुबोधिनी मा.वि.का प्रधानाध्यापक विश्व थापा, राष्ट्रिय सहकारी बैंक धुलाबारीकी प्रमुख मुना घिमिरे, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष तेजमाया भट्टराईको सभापतित्व तथा सचिव कृष्ण कुमारी सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष कमला तामाङ्गले गरेकी थिइन ।
