September 21, 2026

सेकुवा कर्नरमा हात्ती पुगेपछि…

0

कमल।

जङ्गली हात्तीले लक्ष्य सेकुवा कर्नरमा ठूलो क्षति पुर्याएको छ । हात्तीले शनिवार राति वडा नम्वर ३ स्थित लक्ष्य सेकुवा कर्नरमा अहिलेसम्मकै ठूलो क्षति पुर्याएको हो ।

हात्तीले सेकुवा कर्नरकोे वाल भत्काएर काउन्टरमा भएको ३ वटा फ्रिज, ल्यापटप, पेय पदार्थ ल गायतका सामानमा क्षति गर्दा करिब ७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको होटल सञ्चालक मेघराज सुवेदी जानकारी दिए ।

दैनिकजसो रातको समयमा आउने जङ्गली हात्तीका कारण झापा कमल गाउँपालिकाका स्थानीयवासी हैरान भएका छन् । एक हप्तादेखि जङ्गली हात्ती गाउँ पस्ने र स्थानीयको अन्नबाली खानुका साथै घर भत्काउने र घरमा भएको अन्नबाली खाइदिनाले स्थानीयवासी आजित भएको स्थानीय मधुसुधन अधिकारी बताउँछन् ।

जङ्गली हात्तीका कारण कमल गाउँपालिकाको वडा ३, ४ र ५ का स्थानीवासीले समस्या भोग्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *