राजेश पाएल राईले तताए तेह्रकुने
विमल दहाल
इलाम, राई ईज किङ्ग नामबाट परिचित गायक राजेश पायल राईले प्रथम १३ कुने महोत्सव तताएका छन। एक दर्जन भन्दा बढी गीत गाएका राईले पुषको रातमा खुला आकासमुनि रहेका दर्शकलाई एकाएक तताएका थिए।
ईलामको माई १ र ९ को संगम स्थल विहिबारेमा पर्यटन प्रवद्र्धनका लागि सन्चालित महोत्सवमा आईतबार राति १० बजे आईपुगेका गायक राईले दर्शनहरुको विचबाटै “ तिमिले फेर्यौ अरे, तिमिले माया मार्यौ अरे ….. ” भन्ने गीतबाट स्टेज छिर्दा हजारौं सख्यामा रहेका दर्शनले हुटिङ र होहल्लाले माहौल गुन्जयमान भएको थियो। करिब डेढघण्टा लगातार गित गाएका गायक राईले “मैले मायाले दिएको चिनो, फाल्यो की राख्या छौ …..”, तिमी म बिना अधुरो, म तिमी बिना अधुरो, मलाई जुनि जुनि जुनि, तिम्रो हुने मन छ, फेरी फेरी फेरी, नाई नभन्नु ल ….।”भन्ने गित प्रस्तुत गर्दा झन महोत्सव जुरुक्कै उचालिएको थियो। राई समुदायको उलेख्य बसोबास रहेको १३ कुने क्षेत्रमा गायक राईले साकेला गित सोए डोले सोए, “ तिमी संग जीउने मर्ने चाहाना छ मेरो …..” लगायत एक दर्जन लगातार गित गाएका थिए।
अर्का गितकार तथा संगितकार भिषण मुकारुङले अधेरीमा जुन फुल्दा, पधेरीमा तिमि आउँदा ….. विनायोमा अल्झिएर, मुरचुङ्गामा बल्झिएर, तिम्रो अधर तान्न मनलाग्यो …., लगायतका गीत प्रस्तुत गरेका थिए।
१३ कुने सिमसार सिमसार व्यबस्थापन समिति आयोजक र स्थानीय बरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूह सहआयोजक रहेको महोत्सव सिमसार क्षेत्रको प्रचार प्रसारका लागि आयोजना गरिएको थियो। करिब १५ हजार आन्तरिक पर्यटक सहभागी महोत्सवमा स्थानीय कलाकारहरु सहित राष्ट्रिय कलाकारहरुले राजेश पायल राई, पार्वती राई, भिषण मुकारुङ, बिनोद खम्बु, मनोज गोर्खाली, जुनु खालिङ, जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहेको थियो।महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र कुमार राईले र समापन पुर्ब कृषि, भुमिब्यबस्था तथा सहकारी मन्त्री राम रानाले गर्नु भएको आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिनुभयो।
