September 20, 2026

दमक वडा कपको उपाधि पथरी स्पोर्टिङ्गले चुम्यो 

0
पथरीशनिश्चरे, 
झापाको दमकमा आयोजित  प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले जितेको छ ।
आज आइतबार  भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर -३लाई  टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङ्गले  उपाधि चुमेको हो ।
निर्धारित समयमा  १ / १ को बराबरी  भएपछि खेलको निर्णय टाईबेकरको साहारा  लिइएको थियो । टाईबेकरमा पथरीका गोल रक्षक अर्जुन बस्नेतले आयोजक टिमका गणेश हेमरनको गोल बचाएपछि पथरी बिजेता बनेको हो ।
 निक्कै प्रतिस्पर्धात्मक खेलमा  आयोजक टिमले अग्रता  लिए पनि अन्तिम समयमा  सम्हालिन  नसकेको कारण पराजित भएको थियो ।
     पहिलो हाफको २७ मिनेटमा आयोजकका सौरभ लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइबेकरमा पथरीका तर्फबाट साईमन लिम्बु निरज परियार (काउली) , योगेश तामाङ,मञ्जील खड्का,निमन लिम्बुले गोल गरेका थिए भने आयोजक दमकको तर्फबाट सुमन राई,बिशाल दर्जी,सौरभ लिम्बुले मात्र गोल गर्न सफल भएका थिए  ।
जित सँगै पथरी स्पोर्टिङ क्लबले नगद रु १ लाख ११ हजार तथा उपविजेता आयोजक वडा नम्बर ३ ले ५५ हजारसहित  ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन्। खेलको बिदागत तर्फ पथरीबाट निरज परियार (काउली) उच्च गोल कर्ता घोषित भए भने  लाल बहादुर लिम्बु बेस्ट कोच, बिशाल पाण्डे ” म्यान अफ द म्याच”घोेषित भएका छन् । त्यस्तै  आयोजकका योगेश धिमाल बेस्ट गोल किप्पर , बिक्रम लिम्बु उत्कृष्ठ डिफेन्स अजय मण्डल सर्वोत्कृट  खेलाडी प्रितम कार्की, उदयमान खेलाडी पारस कार्कि   उत्कृष्ठ मिड फिल्डरको रूपमा  पुरस्कार प्रदान गरिएको थियो ।
बिजयी टिम तथा खेलाडीलाई वडा नम्बर ३ का वडा अध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरुद्धारा पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *