September 22, 2026

लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

0

झापा ।

झापाको मेचीनगर नगरपालिका–६ मेची पुल छेउबाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक–५ का ३६ बर्षीय राजु बिकलाई ८ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका बिकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *