September 20, 2026

नेपाल निजामती कर्मचारी युनियन झापाको अध्यक्षमा पुनः कविन्द्र

0

झापा,  नेपाल निजामती कर्मचारी युनियन झापाको अध्यक्षमा पुनः कविन्द्र बिक्रम नेम्वाङ अध्यक्षमा चयन भएका छन् ।
युनियनको आठौं जिल्ला अधिवेशनले नेम्वाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानु सिवाकोटी, उपाध्यक्षमा अरुण साह, महिला उपाधयक्ष यशोदा कडेल चयन भएका छन् । समितिको सचिवमा भानुभक्त भट्टराई सह सचिवमा चन्द्र पौडेल र कोषाधयक्षमा शरोज कुमार विक चयन भएका हुन् ।
समितिको सदस्यमा राजकुमार दाहाल, शारदा नन्दन ठाकुर, प्रकाश ढुङ्गाना, जीवन पौडेल, अमृत वहादुर थापा, हिमाल शर्मा, वद्री दाहाल रहेका छन् । त्यस्तै समितिको सदस्यमा मीन प्रकाश पोखरेल, हरिकुमार तिम्सिना, महेन्द्र वोहोरा, तालवहादुर खड्का र बद्री दाहाल रहेका छन् । अधिवेशनले कविराज कोइराला, नारायण प्रसाद दुलाल भीम चेम्जोङ , रमला वराल र प्रकाश चौधरीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे तथा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति थेबे, प्रमुख जिल्ला अधिकारी तिमिल्सिना, युनियन पूर्व केन्द्रीय अध्यक्ष सुबोधकुमार देवकोटा, केन्द्रीय उपाध्यक्ष दीपेन्द्र खत्री, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल, आधिकारिक ट्रेड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाईँ , युनियन केन्द्रीय महासचिव सुवाशकुमार कोइराला लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *