September 20, 2026

आगामी चुनावसम्म साझा मोर्चा बनाएर जाने -चौधरी

0

छविराज ढकाल/पथरिशनिश्चरे,

नेकपा-एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश कमिटी अध्यक्ष वलदेव चौधरीले अब सत्तारूढ दलहरूको संयुक्त मोर्चाले संघ, प्रदेश तथा स्थानीय तहहरूका आगामी चुनावमा साझा चुनाव चिन्ह लिएर जानु हालको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

शनिबार मोरङको पथरीशनिश्चरे नगरस्थित बहुमुखी क्याम्पसको सभाहलमा आयोजित मोरङ्ग जिल्ला कमिटीको दोस्रो बैठकमा उक्त कूरा बताउनु भएको हो । प्रमुख अतिथिको तर्फबाट संवोधन गर्दै नेता चौधरीले अहिलेकै पाँच गठबन्धनको सरकारले चुनाव गराउन सक्ने बताउँदै मुलुकभित्र समाजवादी व्यवस्था स्थापना गर्ने तर्फ पार्टीले लक्ष्य लिएको औंल्याउनुभयो ।

बैठकमा ,पोलिट व्यूरो सदस्य तथा प्रदेश कमिटी सचिव महेश रेग्मी,पोलिट व्यूरो सदस्य हर्कमान तामाङ ,प्रदेश कमिटी सदस्य समेत रहेकी १ नं प्रदेश सांसद कृष्ण कुमारी राई , केन्द्रीय सदस्य विद्या चाम्लिङ ,१ नं प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे, लगायतले मन्तव्य राखेको उक्त बैठकमा पार्टी विस्तार गर्नु पार्टीको पहिलो कर्तव्य रहेको र वैचारिक संघर्षको लडाई गर्दे श्रमजीवी जनताको पक्षमा पार्टीले भुमिका निर्वाह गर्न कार्यकर्ताहरूलाई सुझाएका थिए ।

प्रदेशभित्रका सबै जिल्लासरह मोरङ्गका जनताको घर- घर पुर्याउन ३ महिने संगठन विस्तार कार्यक्रम अघि बढाईएको बताईएको थियो । मोरङ जिल्ला अध्यक्ष चन्द्रवीर राईको अध्यक्षतामा भएको बैंठकमा प्रदेश कमिटी सदस्यहरू क्रमशः मानप्रसाद लिम्बू ,कुमार चाम्लिङ , टंक भण्डारी ,दीपक बस्नेत , लोचन राई समेतको उपस्थिति रहेको थियो भने मोरङ जिल्ला कमिटी उपाध्यक्षद्वय चण्डीप्रसाद राई तथा उद्वव पोख्रेल , जिल्ला कमिटी मोरङको सचिव राजन केसी ,उप- सचिव निलम ढुगेंल र ओसिम आलम , लगायतको उपस्थिति रहेको थियो।
मोरङ जिल्लाभरीका नगरकमिटी तथा गाउँ पालिका अन्तर्गतका विभिन्न कमिटी प्रमुखले पार्टीको विस्तार र संगठानिक गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

सोहि क्रममा पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकालले पार्टीको विस्तार र सांगठानिक प्रगतिको समेत ब्रिफिङ गर्नु भएको थियो । साथै, ६ वटा निर्वाचन क्षेत्र १२ वटै प्रदेशको निर्वाचन क्षेत्र र १७ वटा पालिकाका इन्चार्ज तथा सह- ईन्चार्जहरू चयन गरी जिम्मेवारी प्रदान गरिएको छ ।

जसमा १ वटा महानगरपालिका, १७ वटा नगर तथा गाउँ पालिकाहरू रहेका छन् । सोहि बैठकले पार्टीलाई जनजनमा पुर्याउन तथा जनमुखी तुल्याउन पार्टीपंक्तिमा आबद्ध कार्यकर्तालाई सशक्त रूपमा अघि बढ्न समेत निर्देशन दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *